डा.भण्डारीलाई रुरुक्षेत्रका मतदाताको सुझाब, हामी भोट दिन्छौ तपाईं यदुलाई सहयोग गर्नुहोस

भुवन भुसाल, गुल्मी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले शुक्रवार साँझ ५ बजे चौतारा जाने कार्यक्रम थियो । साझ ५ बजे तय भएको कार्यक्रम सरेर ७ः३० सम्म पुग्यो । करिब ८ बजे त्यहाँ पुग्दा स्थानियहरु डा. चन्द्र भण्डारीको व्यग्र प्रतिक्षामा थिए ।

 

 

जब डा. भण्डारी त्यहाँ पुगे प्रत्येक स्थानीयले उम्मेदवार डा। भण्डारीलाई टीका र माला लगाईदिए । आएका हरेक नागरिकले आफ्ना कुरा राख्ने र अन्तिममा डा. भण्डारीले संबोधन गर्ने कार्यक्रम थियो । कार्यक्रममा बोल्ने अधिकांसको एउटै माग थियो रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको कार्यकाल सफल बनाउन डा. चन्द्र भण्डारीले केन्द्र बाट सहयोग गर्नु पर्यो ।

 

 

कार्यक्रममा सबैका गुनासा र सुझाब सुनेपछी डा. भण्डारीले मतदातामाझ आफुले स्थानिय तहलाई अधिकार सम्पन्न बनाउने कुरालाई संसदमा दर्होगरी आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने यो क्षेत्र आफैमा अनुपम क्षेत्र हो, अझै यदु ज्ञवाली जस्ता युवाको नयाँ सोच, योजना र कृयाशिलताले यो ठाउँ नमुना बन्न सक्दछ, मैले आफू निर्वाचित भएपछी यो क्षेत्रको बिकासका योजनामा कुनै कमि हुनदिने छैन जसका कारण यो ठाउँको समृद्धि , यहाँका नागरिकको सम्मानित जीवन र यदु जि को सफल कार्यकाल बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?