अब गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्यका निम्ति सहर झर्ने अवस्थाको अन्त्य गर्नु मेरो मुख्य काम होः डा. भण्डारी

 

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले ग्रामिण भेगको स्वास्थ्य र शिक्षाको समस्याको अन्त्य आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन । रुरुक्षेत्र ४ मुसिडाडामा आयोजित एक चुनाबी सभालाई संबोधन गर्दै गुल्मीबाट हुने बसाइँसराइ प्रती चिन्ता व्यक्त गर्दै अब भाषण गरेर होईन काम गरेर स्वास्थ्य शिक्षाको समस्या समाधान गर्ने घोषणा गरे ।

 

 

नेकपा एमालेका नेता कमल श्रेष्ठ र मधुकृष्ण पन्तको नाम लिदै डा. भण्डारीले वहाँहरु जत्तिको जिवनभर राजनीति र समाजका निम्ति दुख गरेका नेताहरुलाई गलत्याएर को संग पैसा छ भन्दै पैसावालाको अगाडि पछाडी लागेर देश नबन्ने प्रतिक्रिया समेत दिए । गएको निर्वाचन बाट नेकपाले बहुमतको सरकार चलाउदा आफुलाई खुसी लागेको, अब त देश बिकास होला भन्ने लागेको र अब ३० बर्ष नेकपाले नै सरकार चलाओस भन्ने कामना गरेको बताउदै केपि ओलिको घमण्ड र गलत सल्लाहकारका कारण नेकपा सरकार ढलेको समेत बताए । उनले आफ्नै पार्टी भित्रका नेताको अपमान हुँदा नबोल्ने, पार्टी फुट्दा नफुटाउँ भन्न नसक्ने, आफ्नै घरमा आगो लगाउनेले जनताको घर बनाउन नसक्ने ठोकुवा समेत गरेका छन ।

 

 

नेता भण्डारीले माधब नेपाल, झलनाथ खनाल जस्ता कम्युनिस्ट पार्टिका निर्मातालाई त नेकपा एमाले चाहिएन भने गाउँका सामान्य कार्यकर्तालाई नेकपा एमाले के कारणका लागि चाहियो भन्दै प्रश्न समेत गरेका छन । नेकपा एमालेका नेताहरुले चन्द्र भण्डारीले बनाएको पुल खोई भन्दै प्रश्न गरेको भन्दै पुल हेर्न रिडि, खैरेनी, चोरकाटे, उल्लिखोला,सिस्ने, मजुवा जान सुझाब समेत दिए । उनले सधै हेलिकप्टरमा उड्नेले पुल नदेखेको पनि हुन सक्ने भन्दै कहिलेकाही गाउँका बाटो गाडी र पैदल हिड्न समेत सुझाब दिए ।

 

 

उनले स्थानीय सरकारलाई बलियो बनाउनु, प्रदेश सरकारलाई अझै व्यवस्थित बनाउनु, र केन्द्र बाट नीति निर्माण गरेर हरेक नागरिकलाई निशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नु आफ्नो काम भएको र त्यस्का निम्ति आफू प्रतिबद्ध भएको बाचा गरेका छन । कार्यक्रममा प्रदेश ख का उम्मेदवार धनेन्द्र कार्की, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?