गुल्मी–१ मा कांग्रेसका डा. चन्द्र भण्डारी विजयी

 

गुल्मी जिल्लाको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी हुनुभएको छ । नेकपा एमाले का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

 

कूल ६९ हजार छ सय ८३ मत खसेकामा कांग्रेसका डा. भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गनुर््भएको छ भने,उहाँका निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गर्नुभएको छ ।

 

आज दिउँसो १ बजे मत गणना सकिएको केही बेरपछी भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभएको छ ।

 

 

उक्त क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका–७ देखि १४ सम्मका वडा पर्दछन् । यो जितसंगै डा. भण्डारी दुई पटक सांसद बन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?