छोरीको उपचार गर्न पुगेकी महिलाको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यू

 

 

पोखराको मनिपाल अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यू भएको छ ।  सराङ्कोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको अस्पतालको तेश्रो तलाबाट खसेर आज बिहान ११ः५० मा मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

 

 

घर्ती छोरी पूर्णकुमारी घर्तीको मुटुमा समस्या भएर उपचाररत रहेको र उनको हेरचाहका लागि अस्पताल पुगेकी थिईन् । अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको हेरचाहमा खटिएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभएको छ ।

 

 

उहाँका अनुसार ढोका खोल्ने वित्तिकै महिला एक्कासी खसेर तल्लो तलामा बजारिएकाले टाउकोलगायत शरिरका विभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएकी उनको उद्धार गरिएको थियो । तर उपचारका क्रममा उनको मृत्यू भएको प्रहरीको भनाई छ ।

 

 

श्रोतका अनुसार अस्पतालले रेलिङ लगाएको छैन । जसका कारण ढोका खोल्ने वित्तिकै महिला खसेको हुनसक्ने डिएसपी तिवारीको भनाई छ । अस्पताल प्रशासनले भने अस्पताल पुर्ननिर्माणको काम भईरहेका बेला महिला किन पछाडिको ढोका खोल्न पुगिन् भन्ने बुझ्न नसकेको बताएको छ । घटनाको अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?