रमेश क्षेत्रीको “तिमी नै” बजारमा (भिडियो सहित)

झरना कंडेल, काठमाडौ

नेपाली संगितको क्षेत्रमा आज एउटा आशा लाग्दो गित सार्वजनिक गरिएको छ । मोडल रमेश क्षेत्रीले बनाएको तिमी नै आज डिजिटल प्लेटफर्म युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

प्रमोद कोईरालाको स्वरमा रहेको गितमा शब्द र संगित समेत कोईराला समेतले नै गरेका हुन । काठमाडौ मा सुटिङ्ग गरिएको म्युजिक भिडियोको मुख्य भुमिकामा मोडल रमेश क्षेत्री र कृति क्षेत्रीको मुख्य भुमिका देख्न सकिन्छ । यो म्युजिक भिडियोको छायांकन अमृत पाण्डेले गरेका हुन भने सम्पादन अमन महर्जनले गरेका हुन । सन्दिप सुनारले निर्देशन गरेको म्युजिक भिडियोमा १२ जना भन्दा धेरै कलाकारको अभिनय देख्न सकिन्छ ।

मायाप्रेम र एक्सनले भरिपुर्ण यो म्युजिक भिडियो ८ मिनेटको बनाईएको छ । म्युजिक भिडियोमा मोडल रमेश साउथ ईन्डियन लुक्समा देखिएका छन । सामान्य कथाबस्तुलाई सुन्दर रुपमा प्रस्तुत गरिएको यो म्युजिक भिडियो भारतिय गित तुहि मेरा बाट प्रभावित भएर बनाईएको निर्माण पक्षले जनाएको छ । म्युजिक भिडियो साईराम पिक्चर्स मार्फत बजारमा आएको हो ।

हेर्नुहोस भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?