जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका ५ मा आज दिउँसो कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

 

 

प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ का जयकुमार बुढा, देवीसरा बुढा, रामबहादुर बुढा, दीपक अधिकारी, नैनसरा अधिकारी, अम्बर अधिकारी, निशा अधिकारी र वडा नम्बर ६ का वीरबहादुर खत्री जिप चालक दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर २ का मानबहादुर राउत, वडा नम्बर ३ का वीरेन्द्र केसी र अम्बरबहादुर खड्का रहेका छन् ।

 

 

दैलेखको भगवतीमाई गाउँपालिकाबाट जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ जन्ती गएका थिए । जन्ती र माइती पक्षबीच झडप भएपछि एक जना घाइते भएका र घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा जीप दुर्घटनामा परेको र दुर्घटनामा घाइते भएका जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?