काभ्रेपलाञ्चोकको बेथान्चोकमा जन्ती बस दुर्घटनाः १८ जनाको ज्यान गयो

काभ्रेपलाञ्चोकको बेथान्चोक गाउँपालिकामा जन्ती बोकेको बस दुर्घटना हुदाँ १८ जनाको ज्यान गएको छ । आज साँझ जिल्लाको बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशथानको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरको रिभर्ज बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

 

यो समाचार तयार पार्दासम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका ११ सल्लेबाट विहेका लागि गएको जन्ति बस दुर्घटना भएको बताइएको छ । मृतकहरुको सनाखत भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?