शाईन रेसुङ्गा बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जित्यो

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२मा शाईन रेसुङ्गाले उत्कृष्ट व्यवस्थापन गरेवापत यो उपाधि जितेको हो ।

 

 

उक्त विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएका छन् । बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि बैंकका तर्फबाट ब्रान्डिङ तथा मानव संशाधन प्रमुख प्रवास राई ग्रहण गरेका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले जानकारी दिनुभएको छ ।

 

 

यो उपाधि जित्नुमा बैंकका सञ्चालक समिति, शेयरधनी, कर्मचारी, बैंकका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभएको छ ।

 

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको राष्ट्रियस्तरको विकास बैंक हो । लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको बैंकको काठमाडौंसहित प्रदेश १ र २ बाहेक सबै प्रदेशमा ८७ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । सबैभन्दा धेरै शाखा, कारोबार र ग्राहक लुम्बिनी प्रदेशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?