पोखरा विमान दुर्घटना अपडेटःअनावश्यक भिडका कारण उद्धारमा कठिनाइ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको खोँचमा खसेर दुर्घटना भएको यति एयरलाइन्सको एटीआर जहाज अनावश्यक भिडका कारण उद्धारमा कठिनाइ भएको छ । भिडियो र तस्बिर खिच्ने तथा हेर्न जानेहरूको भिड बढेकाले उद्धारमा कठिनाइ भएको बताइएको छ । बस्तीमा जहाज खस्दा थप मानवीय क्षति हुने आशङ्काले पाइलटले खोँचतिर लगेको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

 

काठमाण्डौबाट पोखराका लागि उडेको एनएनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा मोडिने क्रममा पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि जहाज खसेको यति एयरलाइन्सले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?