खेल चल्दै थियो, एक्कासी मैदानमा हेलिकप्टर अनि के भयो ?

स्याङ्जाको वालिङमा बिना सूचना मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट र यात्रुमाथी हातपात भएको छ ।

 

वालिङ गोल्डकपको सेमिफाइनलको प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर अकस्मात मैदानमै ल्याण्ड भएपछि त्यहाँ उपस्थित दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रमेश डंगोल र यात्रुलाई कुटपिट गरेका हुन्।

 

वालिङका विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएकाले आफूले ल्याण्ड गरेको पाइलट डंगोलको भनाई छ। पाइलट र यात्रुलाई प्रहरीले उद्धार गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?