बेपत्ता खत्रीको शव बागमती नदी किनारमा फेला

काठमाडौको चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदी किनारमा राजकुमार खत्रीको शव फेला परेको छ ।

 

चोभार जलविनायक पुल नजिकै बागमती नदी किनारमा गत माघ २ गते कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले आज फेला पारेको छ।

 

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो । माघ २ गते उक्त स्थानमा बा ५ च ५६५४ नम्बरको सिल्भर कलरको कार नदी किनारमा खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?