विराटनगरमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु

 

देशभर अत्याधिक चिसो बढिरहेको बेला जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा ८० बर्षीया एक वृद्धाको ज्यान गएको छ ।

 

विराटनगर महानगरपालिका १० लालिगुराँस चोकमाआज बिहान आगो ताप्दै गर्दा स्थानीय देवी यादवको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

आज बिहान साढे ७ बजेघरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा अचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको मोरङ प्रहरी ले जनाएको छ ।  प्रहरीका अनुसार छोरा धीरेन्द्र बिहान दूध लिन गएको समयमा उनको शरीरमा आगो सल्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?