बडिगाड गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको नियमित मासिक बैठक सम्पन्न

तिलक मगर
बडिगाड गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको पौष महिनाको नियमित मासिक बैठक बिहिवार सम्पन्न भएको छ ।

 

 

उक्त बैठकमा स्वास्थ्य निर्देशनालयको परिपत्र बमोजिम यहि माघ १३ गतेदेखि १५ गते सम्म बडिगाडका सम्पुर्ण बिद्यालयहरुमा कुस्ठरोग सम्बन्धि स्वास्थ्य शिक्षा प्रदान गर्ने निर्णय गरिएको बडिगाड स्वास्थ्य शाखाका हेल्थ असिस्टेन हेम पुनले बताउनुभयो ।

 

त्यस्तै बडिगाडमा जनस्वास्थ्य समस्याको रुपमा फैलिरहेको क्षयरोग नियन्त्रणको लागि क्षयरोगका जोखिम समूह तथा समुदायमा सक्रिय क्षयरोगको खोजपडताल कार्यक्रम र घरपरिवारका सदस्यहरुको सम्पर्क परिक्षण गर्नको लागि पहिलो चरणमा यहि माघ ८ गतेदेखि जोखिमपूर्ण वडा क्रमशः वडा न २, ४, ५, र ६ मा खोजपडताल गर्ने निर्णय गरिएको पनि पुनले बताउनुभयो ।

बैठकमा ७ वटा स्वास्थ्य सस्थाका प्रमुख, ३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख र ५ वटा सामुदायिक स्वास्थ्य इकाईका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?