बडिगाड गाउँपालिकालाई पोषण मैत्री नमुना गाउँपालिका बनाउन अभियान

 

बडिगाड गाउँपालिकालाई पोषण मैत्री नमुना गाउँपालिका बनाउने अभियान अन्र्तगत वडा नं ४ जलजलामा विविध कार्यक्रमहरु सुरु गरिएको छ।

 

 

बडिगाड गाउँपालिकाको आयोजना तथा जल्जला स्वास्थ्य चौकीको सहयोगमा पोषण मैत्री बडिगाड गाउँपालिका कार्यक्रम अन्तर्गत शुत्रबार बडिगाड ४ जल्जला झुलेडाँडामा हजार दिने आमाहरुलाइ पोषण तथा घरायसी खाद्यान्न उत्पादनमा वृद्धि तथा उपभोग कार्यक्रम सम्पन्न भएको बडिगाड गाउँपालिकाका हेल्थ असिस्टेन्ट शेर बहादुर बुढाले बताउनुभयो ।

 

 

कार्यक्रममा ३३ जना हजार दिने आमाहरुलाइ पोषण मैत्री बडिगाड गाउँपालिका कार्यक्रम अन्तर्गत करेसावारी निर्माण, कौशी खेती, साग पात तथा गेडागुडी लगाउने विधी लगायतको विषयमा जानकारी गराईएको हो ।

 

त्यसैगरी जल्जला स्थित बनस्पति माध्यमिक दिद्यालयका शिक्षक, बिद्यार्थि र अभिभावकहरुलाइ जङ्क फुड न्यनुकरण तथा पोषण मैत्री बिद्यालय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?