आफ्नै छोरीको बलात्कार गर्ने बुवा पक्राउ..

जिल्ला प्रहरी कार्यालय बागलुङले आफ्नै छोरी बलात्कार गर्ने ३३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
आफ्नी १५ वर्षीया छोरीलाई यहि असोज ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले माघ ९ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले बताउनुभयो । उजुरुका आधारमा आरोपितलाई पक्राउ गरेको ज्ञवालीले बताउनुभयो ।

 

 

घटनाबारे कसैलाई भने मार्छु भनेर छोरीलाई धम्की दिदै आएको खुलेको ज्ञवालीले बताउनुभएको छ । छोरीको बानी व्यवहार बिस्तारै परिर्वतन हुँदै गएपछि सोधपुछ गर्दा आमासँग घटनाबारे बताएपछि उजुरी दिएका हुन्।

बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । यस्तै श्रीमतीले घटनाबारे थाहा पाएपछि भागेर बुटवल पुगेका बुबालाई पक्राउ गरेर अनुस्नधान थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?