घुस लिएको आरोपमा त्रिभुवन विमानस्थलका एक कर्मचारी पक्राउ

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडाल पक्राउ परेका छ्न् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख चुडाललाई पक्रउ गरेको हो ।

 

शाखाका प्रबन्धक चुडाल सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस मागेको सूचना तथा उजुरीका आधारमा मंगलबार पक्राउ परेका हुन् । उनको कार्यकक्षबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ बरामद भएको र थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?