गुल्मीको लुम्छामा बाइक एक आपसमा ठोक्किदा २ जना घाइते

गुल्मीको छत्रकोट गाउँपालिका ३ लुम्छामा बाइक दुर्घटना हुदा २ जना घाइते भएका छ्न ।
लु २७ प २१५९ र लु ६८ प ८१७९ नम्बरको दुइवटा बाइक एक आपसमा ठोकिदा दुबै बाइकका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचारको लागि श्रृङ्गा प्राथमिक स्वास्थ केन्द्रमा पठाइएको छ । घाइतेहरुको पहिचान खुल्न सकेको छैन ,दुर्घटना के कारणले भएको भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?