आजको मौसमः आंशिक तथा सामान्य बदली

आज केही भू–भागमा मौसम बदली भएको छ । आज गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक तथा सामान्य बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी
निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?