लुम्विनीमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने

रुपन्देहिामा भोली शनिबार छैठौँ म्याराथन दौड हुने भएको छ । रुपन्देहिको देवदहमा भोली हुने छैठौं म्याराथन दौड प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ। लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा हुन गैरहेको देवदह म्याराथनको तयारी पूरा भएको संस्थाका अध्यक्ष राहुल देव सापकोटाले बताउनुभएको छ ।

 

आर्थिक व्यवस्थापन, ब्यानर, प्रचारप्रसार तथा अतिथि आमन्त्रण लगायतका सम्पूर्ण काम पुरा भएको बताउदै अध्यक्ष सापकोटाले देशभरका धावकले उत्साहजनक रुपमा नाम दर्ता गरिरहेको र भोलि प्रतियोगिता सुरुहूनु अघिसम्म नै दर्ता खुल्ला रहने बताउनुभयो ।

देवदह म्याराथन प्रतियोगितामा जुनसुकै उमेर समुहले भागलिन सक्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?