शालिनदी स्थित श्री स्वस्थानी मन्दिरमा दर्शनार्थीको घुइँचो

पौष शुक्ल पूर्णिमाका दिन देखि श्री स्वस्थानी व्रत कथा सुरु भएदेखि काठमाडौँको साँखु स्थित शालीनदीमा अवस्थित श्रीस्वस्थानी माताको मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

माघ शुक्ल सप्तमी शनिबारका दिन आज पनि शालिनदिमा बिहान सबैदेखि दर्शनार्थीको निकै घुइचो लागेको छ । शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । माघ महिनामा शालीनदिमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ

श्री स्वस्थानी व्रतलाई नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व रुपमा लिइन्छ । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?