गुल्मीदरवारमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गुल्मीदरवार गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रिन्यूएवल बल्र्ड र गुल्मीदरबार गाउँपालिकाको आर्थीक तथा प्रविधिक सहयोगमा गाउँपालिकामा संचालीत ट्रिटस् प्रोजेक्ट अन्र्तगत १० वटा सामुदायिक माध्यमिक विद्यालय स्तरीय खानेपानी ,स्वास्थ्य सरसफाई र महिनावारी स्वच्छता विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।
गुल्मीदरबार गाउँपालिकाका १० वटा विद्यालय सहभागी उक्त प्रतियोगितामा छात्र छात्रा दुबैको छुट्टा छुट्टै प्रतियोगीता भएको थियो । प्रतियोगितामा छात्रा तर्फ इश्वरी माध्यमिक विद्यालयकी इशा खत्री प्रथम ,ठुलापोखरा माध्यमिक विद्यालयकी विनिशा खत्री द्वितिय र शारदा माध्यमकि विद्यालयकी इशा कण्डेल तृतिय भएका छन् । त्यसै गरी छात्र तर्फ भएको प्रतियोगिता तर्फ सुर्योदय माध्यमिक विद्यालयका मनिष सुनार प्रथम, थाक्सीपोखरा माध्यमिक विद्यालयका प्रेम आचार्य द्वितिय, रशारदा माध्यमिक विद्यालयका प्रतिक कण्डेल तृतिय भएका छन् ।
कार्यक्रमका अवसरमा गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालको संयोजकत्वमा खुम बहादुर खत्री र रोमनाथ कडेल सदस्य रहने गरी ३ सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ। विजयी छात्र छात्राहरुलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सम्पुर्ण विद्यालय तथा विद्यार्थीहरुलाई सहभागीताको पुरस्कार वितरण गरिएको थियो ।
सोहि अवसरमा ट्टिस् प्रोजेक्ट अन्र्तगत १० वटा सामुदायिक माध्यमिक विद्यालयहरुमा वालक्लव द्वारा निर्माण गरिएका फुलबारीहरुको प्रतियोगिताका विजयी विद्यालयहरुलाई पनि पुरस्कृत गरिएको थियो । उक्त प्रतियोगीतामा पदम बहादुर माध्यमिक विद्यालय प्रथम सुृर्योदय माध्यमिक विद्यालय द्वितिय तथा राजारुन्खा माध्यमिक विद्यालय र ठुलापोखरा माध्यमिक विद्यालय तृतिय भएका थिए ।
कार्यक्रम नव प्रभात युवा संघका अध्यक्ष शकर प्रसाद पन्थको अध्यक्षता, गुल्मीदरबार गाउँपालिकका अध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यता तथा नव प्रभात युवा संघका जिल्ला संयोजक धाता नन्द भुसालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन गुल्मीदरबार गाउँपालिकाका शिक्षा निरिक्षक खिम बहादुर थापाले गर्नुभएको थियो ।
गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे र रिन्यूएवल बल्र्डका क्षेत्रिय प्रविधिक अधिकृृत इन्जिनियर सुमन आचार्य पालिकाका सम्पुर्ण कर्मचारी तथा बिभिन्न बाल क्लवका प्रतिनिधी विद्यालयका प्रधानाध्यापक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?