गुल्मीमा आफ्नै घरभित्र हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव भेटियो

गुल्मीमा एक महिलाको संकास्पद शव भेटिएको छ। मुसिकोट नगरपालिका ७ कि ५७ वर्षीया गंगादेवी शेरचनको आफ्नै घरभित्रै खुट्टा बाँधेको अवस्थामा शव भेटिएपछि उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

वडा ७ का वडाध्यक्ष हरिहर सापकोटाका अनुसार वामिटक्सारको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट अन्य टोली पनि अनुसन्धानका लागि जाँदैछ।

वामिटक्सार र मध्य पाहडि लोक मार्ग जोड्ने हाडिखोलाको पुलवारिको पहिलो घरमा होटल चलाएर उनी एक्लै बस्थिन्। जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन राना भाटले ती महिलाको शव हात–खुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी पाएको बताउनुभयो । घटना स्थलमा पुगेर थप अनुसन्धान पछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?