महेन्द्रनगरको हिरासत तोडेर ६ जना अभियुक्त फरार

धनुषाको एक प्रहरी चौकीबाट हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनु भएको हो ।

फरार भएकाहरुको तीव्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा जम्मा ७ जना थिए । तीमध्ये गाडी दुर्घटनाको मुद्दामा जेल परेका एक जनाबाहेक सबै फरार भएका छन् । इलाका प्रहरी कार्यालयको भवन पुरानो छ । हिरासतपट्टिको भाग कमजोर भएका कारण तोडेर उनीहरू भागेका प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?