“बाँदरले गर्दा किसानले दुख पाए, सरकारले ठोस कदम चालोस” : सांसद डा. भण्डारी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले बाँदर आतंक नियन्त्रण गर्न सरकार संग माग गरेका छन । संसदको शून्य समयमा आफ्नो बिचार राख्दै अभाबै अभाबका बिच कृषि गरिरहेका किसानलाई बाँदरले महा समस्या थपेको बताएका हुन ।

 

आफू गुल्मीका गाउँ गाउँ पुग्दा त्यहाका नागरिकले सुनाउने समस्या मध्यको मुख्य समस्या बाँदरको समस्या रहेको भन्दै नियन्त्रण गर्न सरकार संग माग गरेका छन । ” बीउ, मल, सिचाइको अभावका बीच किसान बनेका नागरिकलाई बाँदरले समस्यामा पारेको छ, बुढी आमाले पकाएको भात समेत बाँदरले खोस्न थालेको छ” संसदमा बोल्दै डा. भण्डारीले भनेका छन ।

 

आफ्नो गृह जिल्ला गुल्मीका किसानले सुनाउने गरेको समस्यालाई डा. भण्डारीले संसदमा आवाज उठाउदै तत्काल ठोस कदम चाल्न सरकार संग माग गरेका छन । संघिय सांसद भण्डारीले राज्यका ४ वटै अंगमा बाँदर प्रवृत्ति हाबी भएको भन्दै त्यो समेत नियन्त्रण गर्न आवस्यक रहेको बताएका छन । पछिल्लो समय गाउँमा बाँदर आतंक बढेपछी कृषि पेशामा लागेका नागरिक समेत बाहिर पलायन हुन थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?