बागलुङ ओख्रेनीका एक युवाले गरे आत्मदाहको प्रयास

बागलुङको ओख्रेनीका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका वडा नम्वर ८ सिगाना,ओख्रेनीका ५२ वर्षीय शेर बहादुर जिसीले आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

 

घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी गंगा बहादुर थापाले जानाकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?