पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको ज्यान गयो

पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। पाल्पाको बगनासकाली गाउँपालिका–९ गुनठाँटीस्थित तानसेन–दर्लामाडाँडा भित्री पक्की सडकखण्डमा आज बिहान सवा ९ बजेको समयमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५३ प ७५७१ नम्बरको स्कुटरमा सवार तानसेन नगरपालिका–१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो।

लु २ त ९८८४ नम्बरको ट्याक्टरले उक्त स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट स्कुटरमा सवार उनीहरू दुई जना गम्भीर घाइते भएका भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल पाल्पा मा मृत्यु भएको प्रहरी जनाएको छ ।

चिकित्सकले साढे १० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए। प्रहरीले ट्याक्टर चालक धादिङ रोराङ गाउँपालिका–९ बस्ने ३३ वर्षीय हरिलाल चेपाङलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?