ट्रकको ठक्करबाट एक जनाको ज्यान गयोः राजमार्ग ठप्प पारेर स्थानिय आन्दोलित

राकममा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ। कर्णाली राजमार्गको दैलेख खण्डमा ट्रकले ठक्कर दिँदा ५५ वर्षीय तिलबहादुर माझीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार बेलुका ७ः५० बजेतिर भे १ ख ३५१८ नम्बरको ट्रकले ठक्कर दिँदा आठबिस नगरपालिका–४ निवासी ५५ वर्षीय तिलबहादुर माझीको ज्यान गएको हो।

ट्रकले ठक्कर दिएर मान्छे मारेको भन्दै स्थानीयवासीहरू आन्दोलित छन्। गएरातिबाट कर्णाली राजमार्ग ठप्प छ। घटनास्थलमा प्रहरिले सुरक्षा दिइरहेको छ।

आन्दोलित स्थानीयले ठक्कर दिएर मान्छे मार्ने चालकलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत दिनुपर्ने लगायतका मागहरू राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?