श्रीमती जिस्क्याउनेलाई हथौड़ाले टाउकोमा हानेर हत्या गर्ने दम्पती पक्राउ

४४ बर्षिय भारतीय नागरिकको हत्याको आरोपित दम्पतीलाई जिल्ला प्रहरी कार्यलय गुल्मीले सार्वजनिक गरेको छ । जिल्लाको सत्यवति गाउँपालिकाको अस्लेवामा गएको माघ १२ गते भारतिय नागरिक ४४ बर्षिय सेख आलिको हत्या भएको थियो ।

हत्याको अभियोगमा सत्यवति गाउँपालिकाका वडा नम्बर १ मा होटल गरि बस्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो। सत्यवतीका ५६ वर्षीय छबिलाल अधिकारी र उनकी ४८ वर्षीया श्रीमती विष्णु अधिकारीलाईआज जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार उनिहरुले माघ १२ गते राती भारतको बिहार घर भएका ४४ वर्षीय शेख आलिनामको हत्या गरेको स्वीकार गरेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ति दम्पतीको होटलमा माघ १२ गते राती शेख आलिनामले मदिरा सेवन गरि विष्णु अधिकारीलाई यौनजन्य दुव्र्यवहार गरे पछि उनका श्रीमान छबिलाल अधिकारीले हथौड़ाले टाउकोमा हानेर हत्या गरेको र श्रीमतीको सहयोगमा बोरामा हालेर कालीगण्डकी नदिमा बगाईदिएको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी उपरीक्षक अर्जुन रानाभाटले बताउनुभएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक शेख आलिनामले सुन पसलको धुलो प्रशोधन गर्ने काम गर्दै आएका थिए ।उनको शव माघ १९ गते रुरुक्षेत्र गाउँपालिका २ अन्तर्गत पर्ने कालीगण्डकी नदिको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?