कस्तो डर लाग्दो खबरः बानेश्वरमा छोरीको ह”त्या गरी बाबुले गरे आत्म”हत्या…

पछिल्लो समय हत्या र आत्मदाहको घटना बढ्दै गएका छन्। एकपछि अर्को सुसाइट नोट लेख्दै आत्मदाहको प्रयास गर्नेको संख्या बढ्दै गइरहेको छ । काठमाडौ उपत्यकामा मात्रै पछिल्लो समय निकै धेरै संख्यामा आत्मददाहको प्रयास भएका समााचारहरु हामी बिभिन्न सञ्चारमाध्ययममा सुन्दै ,हेर्दै र पढ्दै आएका छौँ । यसैबिच फेरी काठमाडौमा एउटा सनसनीपुर्ण घटना घटेको छ ।

काठमाडौंको पुरानो बानेश्वरको एक घरमा शनिवार साँझ बुवा–छोरी मृत अवस्थामा भेटिएका छन। काठमाडौं महानगरपालिका–१० टङ्कप्रसाद मार्गको एक घरमा बुवा झुन्डिएको अनि छोरी घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार रामेछाप खाँडादेवी गाउँपालिका–८ घर भएका अन्दाजी ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत अवस्थामा भेटिएका हुन।

 

घटनास्थलको अवस्थाको आधारमा बाबुले छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीले आशङ्का गरेको छ।
श्रीमती घर फर्किएपछि श्रीमान शौचालयमा झुण्डिएको र ७ वर्षीया छोरीको घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका हुन। घटनाको खबर पाएपछि जिल््ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की लगायतको टोली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र फोरेन्सिक चिकित्सक गोपाल चौधरीसहितको टोली पुगेको थियो।

 

टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय भण्डारी आफ्नो परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिने गरेको उनकी श्रीमती बताउछीन् । छोरी शारिरीक रुपमा अशक्त रहेको तर आफुले निको बनाउन आफूले केही गर्न नसकेको गुनासो उनमा रहने गथ्र्यो ।
भण्डारीको श्रीमती र छ महिने छोरा समेत छन्। शारीरिक अवस्था कमजोर रहेकी छोरीका कारण उनी तनावमा देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

भण्डारी पछिल्लो समय मा नसिक रुपमा पनि केही ‘डिस्टर्ब’ जस्तो देखिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भण्डारीले शनिबार शारिरीक रुपमा अशक्त सात वर्षीया छोरीको छुरा प्रहारबाट हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एक प्रहरी अधिकृतका अनुसार भण्डारीको श्रीमती र छ महिने छोरालाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएका थिए । ‘उनले घटनाको उद्देश्यअनुसार साथ श्रीमतीलाई छोरासहित पेप्सिकोलास्थित आफन्तकहाँ पठाएका थिए ।

कोठाभित्रै उनले पहिला छोरीको हत्या गरेर पछि आफूले पासो लगाएर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार श्रीमती बेलुका पेप्सिकोलाबाट फर्किँदा भित्रबाट कोठाको ढोका लगाइएको थियो । लामो समयसम्म ढोका ढकढक गर्दा पनि नखुलेपछि छिमेकीसहितको सहयोगमा खोलेर हेर्दा भित्र मुटु काम्ने दृश्य देखिएको ।

लगत्तै प्रहरीकहाँ खबर पुगेपछि बृत्त बानेश्वरबाट टोली पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्र्कीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले छोरीको हत्यापछि आत्महत्या गरेको देखिएको बताउछन् ।भण्डारीले गोंगबुमा फार्मेसी सञ्चालन गर्दै आएका थिए भने साथसाथै कस्मेटिकको व्यवसायमा पनि संलग्न थिए ।

 

घटनामा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलबाट भण्डारीको १ पन्ने सुसाइड नोट पनि फेला परेको छ । उक्त नोटमा छोरीको विषयमा चिन्ता प्रकट गर्नुका साथै उनलाई केही गर्न नसकेको, ऋण लगायतको घरासयी व्यवहार जस्ता विषय उल्लेख गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?