टर्कीमा भूकम्पको अर्को शक्तिशाली धक्का, ज्यान गुमाउनेको सङ्ख्या १२ सय जना नाघ्योः उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा

टर्कीमा  स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको  दिउँसो एक बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ ।

बिबिसिका अनुसार बिहान भूकम्प गइसकेपछि त्यहाँ थुप्रै परकम्पहरू गइरहेका अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि ठूलो जनधनको क्षति भएको छ । दुवै देशमा गरेर अहिलेसम्म कम्तीमा एक हजार दुई सय जनाले ज्यान गुमाएका छन् । दुई हजारभन्दा धेरै व्यक्ति घाइते भएका छन ।

बीबीसीका अनुसार अहिले खोजी र उद्धार चलिरहेकाले ज्यान गुमाउने तथा घाइते हुनेको सङ्ख्या अझै धेरै बढ्न सक्ने जनाएको छ । भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन । प्रभावित क्षेत्रको अवस्था निकै कष्टकर बनेको छ ।

भूकम्पबाट लाखौँ मानिस प्रभावित भएका छन् । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको बीबीसीको खबरमा उल्लेख छ । टर्र्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?