पल शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरा झिकाउने आदेश

अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।
उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको बताए।

उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहको मुद्दामा सुनुवाइ गर्दै आज प्रत्यर्र्थी झिकाउने आदेश दिएको हो।

नाबालिगलाई बालयौन दुराचार गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

सो फैसलाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। १७ वर्षीया नाबालिग गायिकामाथि जबरजस्ती करणी आरोपमा शाहमाथि जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो। शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिइसकेको छ । यहि माघ ३ गते मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो ।

सो मुद्दामा अभिनेता शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाइसकेका छन्।

बलात्कार आरोपमा शाह गत फागुन १५ गते पक्राउ परेका थिए। हाल उनी तनहुँ कारागारमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?