अन्ततः कुमारी आमाको रुपमा चिनिदै आएकी निहारिका राजपुतले गरीन शिवराज श्रेष्ठसंग बिवाह……

कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले आफुले बलात्कारकोे आरोप लगाएका शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन ।
उनीहरुले आज जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन ।

बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन ।

तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ९४० बमोजिम मिलापत्र भएको थियो ।
मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन ।

 

त्यस अगाडी निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन । सोही क्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन ।

उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन ।

 

यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । सोविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन ।

उनको विरोधपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा। परशुराम भट्टराई पनि जिल्ला अदालत तानिएका थिए । बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।

निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डीएनए परीक्षणको माग गरेकी थिइन । परीक्षण गर्दा डीएनए पनि मिलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?