दोषीलाई कारवाहीको माग गर्दै आंशिक रूपमा सेवा स्थगित

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका आवासीय चिकित्सकहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा। जनिथलाल सिंहलाई लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै आंशिक रूपमा सेवा प्रवाहमा अवरोध गरेका छन ।
दोषीलाई कारबाही नभएसम्म वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ओपीडी सेवामा आफूहरू सहभागी नहुने चिकित्सकहरूले बताएका छन ।

रेजिडेन्ट एसोसियसन अफ न्याम्सका अध्यक्ष डा. शेषराज घिमिरेले भर्ना भइसकेका बिरामीलाई भने सेवा नरोकिने बताएका छन् । । घिमिरेले भीआईपी सवारीका नाममा बिनागल्ती चिकित्सकलाई कुटपिट गर्नेमाथि कारबाहीको माग गरेको बताएका छन् । । भर्ना भइसकेका बिरामीलाई सेवा दिने कुरामा अवरोध नगर्ने उनको भनाई छ । अध्यक्ष घिमिरेले दोषीलाई कारबाही नभए आफूहरू आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने बताए ।

 

प्रहरीको कुटपिटबाट टाउको र हातमा चोट लागेपछि डा.जनिथलाल सिंहलाई ट्र्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलमलगायतमाथि पनि हातपात भएको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?