लघुबित्तले बाख्रा,टिनको बाकस र सिरक डसना पनि लुटेर लगेको छ : दुर्गा प्रसाईं

भुवन भुसाल, बर्दिया

सामाजिक अभियन्ता दुर्गा प्रसाईले अहिले लघुबित्तको ज्यादती बढेको बताएका छन । बर्दियामा एक कार्यक्रमलाई संबोधन गर्दै उनले गाउँका सोझा गरिब नागरिकका बाख्रा, टिनको बाकस र सिरक डसना समेत लघुबित्तले लुटेको आरोप लगाएका छन ।

उद्योग बाणिज्य संघ बर्दियाले आयोजना गरेको बिरोध कार्यक्रमलाई संबोधन गर्दै उनले बैंक, लघुबित्त र सहकारीले गरिब नागरिक लुट्ने काम गरेको भन्दै अब सबै जाग्ने बेला भएको बताएका छन । “पहिले पहिले साहु महाजनले बरु यति जनता लुटेका थिएनन् जति अहिलेका बित्तिय संस्थाले जनता लुटेका छन्” उनले भने । देशमा आर्थिक मन्दी सिर्जना भएको यस विषम परिस्थितिमा गरिब नागरिकले लिएको २० लाख सम्मको ऋण मिनाहा गरिदिन र त्यो भन्दा माथिल्लो कर्जा ४ देखि ६ प्रतिशतमा दिनुपर्ने माग समेत राखेका छन ।

दुर्गा प्रसाईं कार्यक्रममा आउने थाहा पाएपछी करिब १ हजारको हाराहारीमा उपस्थित लघुबित्त पिडित महिलाहरुले प्रसाईको प्रत्येक भाषणमा ताली बजाएका देखिन्थे ।

बैंक तथा बित्तीय संस्थाको ज्यादतीका विरुद्धको कार्यक्रममा उद्योग बाणिज्य संघ बर्दियाले मेडिकल संचालक प्रसाईलाई प्रमुख अतिथिको रुपमा बोलाएको थियो । सोही कार्यक्रममा उनले अब देशले गणतन्त्र धान्न नसक्ने बताउदै संघीयता र धर्म निरपेक्षता खारेज गर्न समेत माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?