शाईन रेसुङ्गाको १५ औं बार्षिक उत्सब, निशुल्क स्वास्थ्य शिबिर गरेर मनायो

गोबिन्द झाक्री, गुल्मी

शाईन रेसुङ्गा बैंकले आफ्नो १५ औं बार्षिक उत्सब मनाएको छ । गुल्मी जिल्ला बाट आफ्नो सेवा सुरु गरेको बैंकले आफ्नो बार्षिक उत्सबको अवसरमा आफ्नो सेवा क्षेत्र भित्रका विभिन्न स्थानमा बिहिबार फरक फरक कार्यक्रम आयोजना गरेर बार्षिक उत्सब मनाएको हो ।

बार्षिक उत्सबको अवसर पारेर शाईन रेसुङ्गाले छत्रकोट ५ खर्ज्याङ्ग केउलमा निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । सिबिरबाट १ सय ५० भन्दा बढिले प्रत्यक्ष सेवा लिएको बैंकका खर्ज्याङ्ग शाखा प्रमुख बिष्णु बिकेले जानकारी दिनुभयो ।

सिबिरमा सुगर, प्रेसर, मौसमी फ्लू, क्षयरोग, बाथ, हातखुट्टामा समस्या भएका बिरामीको निशुल्क चेकजाँच एवम औषधी बितरण गरिएको थियो ।

शाईन रेसुङ्गा बैंकका अपर क्लस्टर जोखिम व्यवस्थापन अधिकृत दिपचन्द्र धितालको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, वडा अध्यक्ष राम प्रसाद कंडेल, शाईन बैंकका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, डा. बिकास पन्थी लगायतको उपस्थिति थियो ।

स्थानीय समाजसेवी, बुद्धिजिवि, शिक्षक, पत्रकार, स्थानिय लगायतको सहभागीतामा सम्पन्न शिबिरमा बोल्ने बक्ताहरुले बैंकले नाफा मात्रै नहेरी समाजसेवाका कर्म पनि गरिरहेको भन्दै बैंकलाई धन्यवाद दिएका थिए ।

गाउँमै निशुल्क स्वास्थ्य जाँच र औषधि पाएपछी स्थानिय खुसी भएका छन । बैंकले आर्थिक रुपमा बिपन्न र स्वास्थ्य सेवाको सहज पहुँच बाहिर रहेका नागरिकको टोलमै पुगेर सेवा दिएको छ । कार्यक्रममा खर्ज्याङ्ग स्वास्थ्य चौकी र रुरु पोलिक्लिनिक रिडिले समेत समन्वय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?