रास्वपा गर्यो चितवनमा बृहत रक्तदान कार्यक्रमः प्रहरी देखि स्कुलका विद्यार्थि सम्म सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टि चितवनको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज भरतपुर महानगर पालिका वडा नं १ का सभापती तुल्सीराम श्रेष्ठको संयोजकत्वमा चितवनको रामनगरमा आयोजना गरिएको हो ।


कार्यक्रममा नेपाल प्रहरि , ट्राफिक प्रहरि जवान लगायत रामनगर उच्च माविका विद्यार्थि समेत गरि १३४ जनाको उत्साहजनकसहभागिता रहेको थियो।

“आज अरुका लागी, भोलि आफ्ना लागी” भन्ने नाराका साथ सुरु गरिएको उक्त कार्यक्रममा रास्वपा चितवनका सभापति , उपसभापति भरतपुर महानगरपालिका सभापति समेतको उपस्थिती रहेको थियो।

कार्यक्रम सेन्ट्रल कलेज नारायणगढ,जेभियर ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सि, मोती कुमार श्रेष्ठ, न्यु जयश्री पोल्ट्रि फर्म,आईशल्यान्ड पानी, हाईल्यान्ड पानी, मिना लामा, मिना कोईराला, कल्पना खड्का, राजेश गुप्ता, हेल्लो कफि थकाली भान्साघर रामनगर र नितेश थकालि भान्साघर रामनगरको सहयोगमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?