नेकपा एमाले छत्रकोटद्वारा मिसन ग्रासरुट अभियान सुरु

गुल्मी, १४ फागुन ।

नेकपा एमाले छत्रकोट गाउँपालिका गुल्मीले ‘मिसन ग्रासरुट’ अभियान शनिवारदेखि सुरु गरेको छ । मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रम अन्तर्गत छत्रकोट गाउँपालिकाले शनिवार कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण आयोजना गरेको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सिर्जना काफ्लेले पार्टीको दशौं महाधिवेशनले पारित गरेका दस्तावेज र निर्णयहरु तल्लो तहका कार्यकर्तामाझ पु¥याउंदै पार्टी संगठनलाई अझै मजबुत बनाउनु पर्ने र त्यसबाट मात्रै मिसन ग्रासरुट अभियान प्रभावकारी हुने बताउनु भयो ।

उहाँले मिसन ग्रासरूटको सम्बन्धमा प्रकाश पार्दै यो अभियानले एमालेलाई सबल र अब्बल संगठन निर्माणमा कोसेढुङ्गा साबित हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य मधुकृष्ण पन्तले मिसन ग्रासरुट अभियानले पार्टी संगठन सुदृढ बनाउन अझै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा एमालेका नेताहरु लक्ष्मण बिष्ट, होमनाथ कंडेल, ललिता गौतम, जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण सुनार, लोकबहादुर ज्ञवाली, विष्णु पौडेल लगायतले बोल्दै ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुराउने भएकाले सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा छत्रकोट गाउँपालिकाका अध्यक्ष तथा पार्टीका सहइञ्चार्ज रामप्रसाद पाण्डेले पालिकामा निर्वाचित भएर आएपछिको १० महिनामा विकास निर्माणका कामलाई प्राथमिकता दिइएको बताउँदै जनताले भोट दिएबापत पछुताउनु पर्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाउनु भयो ।

नेकपा एमाले छत्रकोट गाउँ कमिटीका सचिव यज्ञ पाण्डेले ८२५ दिनमा ८२४ दिन एमाले हुने र एक दिन विपक्षी हुने परिपार्टीको अन्त्य गर्दै नेता कार्यकर्ता सवै पार्टीप्रति इमान्दार र प्रतिवद्ध हुनुपर्ने धारणा राख्नुभयो ।

नेकपा एमाले छत्रकोट गाउँ कमिटीका अध्यक्ष पिताम्बर अर्यालको अध्यक्षतामा सम्पन्न भएको मिसन ग्रासरुट अभियानको शुभारम्भका अवसरमा गाउँकमिटी उपाध्यक्ष उपाध्यक्ष यमलाल भण्डारीले स्वागत गर्नुभएको थियो ।

पार्टीको बैठकले यही फागुन १६ देखि २६ गतेसम्म वडास्तरमा अभियान संचालन गर्ने र ६ वटा टिम निर्माण गरि वडादेखि टोलसम्मको पार्टी कामलाई ब्यवस्थित एवं सुदृढ गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?