गुल्मीमै पहिलोपटक मोतिया बिन्दुको शल्यक्रियाःदुई वर्षदेखि दुवै आँखा नदेख्‍ने बिरामीले देखे आँखा

गुल्मीमा दुई वर्षदेखि दुवै आँखा नदेख्ने पाँच जना बिरामीको आँखाको शल्यक्रिया सफलतापूर्वक गरिएको छ । यो शल्यक्रिया जिल्लामै पहिलोपटक गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका बिरबहादुर कार्कीले बताउनु भयो ।

दुई वर्षदेखि दुवै आँखा नदेख्‍ने मुसिकोट नगरपालिका ९ निवासी ५२ वर्षकी मनकला बिक, ८४ वर्षका तिलबहादुर राना, मुसिकोट नगरपालिका ५ निवासी ६८ वर्षका बिनबहादुर बिकको शल्यक्रिया गरिएको थियो ।

त्यस्तै मुसिकोट नगरपालिका १ निवासी ६७ वर्षकी नन्दीकुमारी श्रेष्ठ र बाग्लुङ वढिगाड २ निवासी ७२ वर्षकी खगी रानाको दुवै आँखको शल्यक्रिया गरिएको हो । जिल्लाको मुसिकोट नगरपालिकामा दुई दिनसम्म चलेको निशुल्क आँखा शिबिरमा दुई वर्षदेखि दुवै आँखा नदेख्ने बिरामीहरु जाँच गर्ने क्रममा फेला परेका थिए ।

मोतिया बिन्दुको दुबै आँखा नदेख्ने बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको जिल्लामै पहिलो घटना हो । दुई वर्षदेखि आँखाको ज्योति गुमेर आर्थिक अभावमा उपचार गराउन अन्यत्र जान सकेका थिएनन् ।

जसले गर्दा बिरामी अन्धकारमा बस्न बाध्य भएका थिए । ती बिरामीहरुको वामिटक्सारमा निशुल्क आँखा शिबिर मोतिया बिन्दुको शल्यक्रिया गरिएको हो ।

अहिले दुवै आँखाको शल्यक्रिया पछि पहिला जस्तै आँखा देख्न पाएकोमा बिरामीले खुसी व्यक्त गरेका छन् । गाउँमै आएर निशुल्क रुपमा आँखाको ज्योति देखाउने काम गरेको प्रति खुसी साट्दै बिनबहादुर बिकले धन्यवाद दिनुभयो ।

गुमेको आँखाको ज्योति शल्यक्रियापछि फर्काइदिएपछि खुसीले बिरामीहरु भक्कानीएका थिए । बिरामीहरु सफलतापूर्वक ज्योति फर्काउन सफल भएको त्यस क्षणमा उपचारमा खटिएका डक्टरहरु पनि निकै उत्साहित बनेका थिए ।

मुसिकोट नगपालिकाको व्यवस्थापकीय सहयोगमा श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्र वामीमा सम्पन्न शिबिरमा २५१ जनाको आँखा जाँच गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका कार्कीले बताउनु भयो । शिबिरमा आँखा जाँच गरिएका मध्ये ६१ जनाको मोतिया बिन्दुको शल्यक्रिया निःशुल्क गरिएको हो ।

शिविरमा पाल्पा लायन्स लाकौल आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा सूचन पुन र जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्रका प्राविधिकहरुको संयुक्त टिमको सहभागिता रहेको थियो । आँखा बिशिरमा खटिएका डक्टरहरुको टिमलाई मुसिकोट नगरपालिकाले सम्मान समेत गरेको थियो ।

नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीले स्थानीय तहको सहकार्यमा बिभिन्न समयमा ग्रामीण क्षेत्रमा पुगेर निशुल्क रुपमा आँखाको शिविर सञ्चालन गर्दै आएको छ ।

नेपालटिभी अनलाइनबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?