अरु दलमा पनि लागेको आरोप आएपछि तोसिमाले खोलिन मुखःलेखिन यस्तो स्टाटसः भन्छीन, १र १ जोडेर ११ बनाउछु

राष्ट्रिय स्वतन्त्र पार्टिकी सदस्य तथा सासंद डा. तोशिमा कार्कीले अन्य दलहरुमा आवद्ध रही काम गरेको भनी टिप्पणी आएपछि उक्त बिषयमा निकै लामो स्टाटस लेखेकी छन् ।

डा कार्कीले आम युवा वर्गहरुले सुद्ध र सफा राजनितीमा चासो राख्नुपर्ने तथा , सहभागी हुनुपर्ने बताएकी छिन। , आफूले चाहेको जस्तो देश आफैले निर्माण गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एक र एक जोडेर ११ बनाउने बताएकी छन् । उनले हातेमालो गर्ने हातहरु कहिल्यै पछुताउन नदिने समेत बताएकि छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन् , मैले अन्य दलहरुमा आवद्ध रही काम गरेको भनि धेरै ठाउँमा सन्चार तथा सन्जालहरुमा समेत टिका टिप्पणि र प्रश्नहरु पाएँ । बुवा आमाले सधैँ राजनितिबाट टाढा बस है छोरी भन्नुभयो् ।

आफ्नै मेहनत र लगन ले डाक्टर भए्र जनरल सर्जन भए्र म कुनै पनि पार्टीमा कहिल्यै पनि आवद्द थिईन तर आम जनस्वास्थ्य र स्वास्थयकर्मीका जायज मुद्दाहरु थुप्रै नेतृत्व गरे स्वतन्त्र रहेरै्र भ्रष्टाचार, वेथिती र अन्याय विरुद्द सधैँ उभिने हिम्मत गरे्र हामीले मेडिकल क्षेत्रको भ्रष्टाचर विरुद्ध अभियान तथा सर्वोच्चमा मुद्दाहरु लड्यौँ र जित्यौँ पन्रि डा। गोबिन्द केसीलाई समेत पर्टिको झोले भन्न भ्याउछन् मान्छेहरु, उहाँ न कुनै पार्टिको हुनुहु्थ्यो न हुनुहुन्छ्र विशिष्ट पुजनीय व्यक्ति उहाँसँग हरेक अभियानमा सँग सँगै हिडेँ, उभिए्र स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि कानुन पनि बनाउन सफल भयौ । तत्पश्चात मेडिकल काउन्सीलमा पनि निर्वाचित भयौँ ।

कुनै पनि पार्टिगत राजनिति गर्दिन भनेको व्यक्ति म, होइन देश जोगाउनु छ भने राजनिती गर्नैपर्ने रहेछ महसुस भयो् । अनि सुरु गर्यौँ राजनैतिक यात्रा अन्य दलले नसकेको सायद, यो स्वतन्त्र भन्ने शब्दले पनि होला राष्ट्रीय स्वतन्त्र पार्टीले मलाई समेट्न सकेको् र यो पार्टी अहिले सारा नेपालीको आशाको रुपमा उदाईरहेको छ सफा राजनितीको रुप रेखा अनि स्वाद जनतामा छर्न खोजिरहेको छ ।

त्यसैले आम युवा वर्गहरुले सुद्ध र सफा राजनितीमा चासो राख्नुपर्छ, सहभागी हुनुपर्छ, आफूले चाहेको जस्तो देश हामी आफैले निर्माण गर्नुपर्छ भन्ने विश्वास राख्दछु् । हामी गर्न सक्छौँ ।एक र एक जोडेर ११ बनाउनेछौँ हातेमालो गरेर त हेर्नुस् त्यो साथको हातहरु कहिल्यै पछुताउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?