काठमाडौमा जनआन्दोलनको झल्को, बाटैभरी सुरक्षाकर्मी परिचालनः दुर्गा प्रसाईको कार्यक्रमलाई सरकारले पनि दियो महत्व

विभिन्न मागराख्दै अभियानको सुरुवात गरेका दुर्गा प्रसाईले आज काठमाडौमा भब्य कार्यक्रमको आयोजना गरेपछी आज काठमाडौ तातेको छ । बाटैभरी सुरक्षाकर्मी परिचालन गरिएको छ । लाखौंको संख्यामा नागरिक उतारेर आफ्ना माग पूरा नहुन्जेल अभियान नछोड्ने बताएका दुर्गा प्रसाईले आज काठमाडौमा भब्य कार्यक्रम गर्दैछन ।

उनले कार्यक्रमको आयोजना गर्ने दिन आज बिहानै देखि काठमाडौका सडकमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ । हेर्दा लाग्छ सरकारले उनको कार्यक्रमलाई महत्वका साथ हेरेको छ । यहाँ नेपाल प्रहरी र शसस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।

राजतन्त्रको पुनर्बहाली, संघीयता खारेजी, धर्म निरपेक्ष खारेजगरी सनातन हिन्दु राज्य बनाउनुपर्ने, बैंक तथा बित्तीय संस्थाको ज्याजती बन्द गर्नुपर्ने, २० लाख भन्दा कमको कर्जा राज्यले मिनाहा गर्नुपर्ने, २० लाख भन्दा बढी कर्जाको हकमा ४ देखि ६ प्रतिशत मात्रै ब्याज लिनुपर्ने लगायतका माग राख्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउ महाअभियान सुरुवात गर्दै चरणबद्ध कार्यक्रम आयोजना गरिरहेका छन । विभिन्न जिल्लाको कार्यक्रम सकेर उनले आजदेखि काठमाण्डौमा भब्य कार्यक्रमको आयोजना गरेका हुन ।

उनको अभियानमा राजाबादी संघसस्था संगै विभिन्न स्थानका गैरसरकारी संघसस्थाले समेत एक्यवद्धता जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?