अनेरास्ववियू (क्रान्तिकारी) द्वारा रुरुक्षेत्रमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

फाल्गुन २०, गुल्मी । सहिद सप्ताह फाल्गुन १४-२१ अन्तर्गत शनिबार सहिदहरुको सम्झनामा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) श्रीङ्गीश्वर बहुमुखी क्याम्पस मुल इकाई कमिटीले रुरुक्षेत्र ४ रानिवासमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ।

 

लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पाको सहकार्यमा आयाेजना गरिएकाे रक्तदानमा पचास युनिट रगत सँकलन भएकाे अनेरास्ववियू (क्रान्तिकारी ) श्रीङ्गीश्वर बहुमुखी क्याम्पस मुल इकाई कमिटी अध्यक्ष अनिष गहतराजले जानकारी दिए । रक्तदान कार्यक्रमकाे उदघाटन सत्रमा बाेल्दै कार्यक्रमका बिशेष अतिथि एवं रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले समाजसेवकाे निस्वार्थ सेवा र सबैभन्दा ठुलाे दान रक्तदान भएकाे बताए । रगत व्यक्तिका लागि तत्काल चाहिने पदार्थ भएकाले पनि मृत्यु सँग लडिरहेकालाई दान गरिएकाे रगत जीवनदान भएकाे ज्ञवालीको भनाई थियाे ।

 

 

कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सचिव अशोक थापाले सहिद सप्ताहको बारेमा जानकारी दिँदै आगामी दिनहरुमा पनि रुरुक्षेत्रमा संगठनले यस्तै सामाजिक कार्यहरु गर्न अनुरोध गरेका छन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ बाट सुरुभएको जनयुद्धमा ०५२ साल फागुन १४ गते तात्कालीन राज्यद्वारा माओबादी कार्यकर्ता १२ बर्षिय दिलबहादुर रम्तेल मारिएका थिए भने तात्कालीन झापा बिद्रोहमा ०२८ साल फागुन २१ गते सुखानीको जंगलमा ४ जनालाई राज्यद्वारा हत्या गरिएको थियो ।

 

 

तिनै दिनहरुलाई सम्झेर प्रत्येक बर्ष फागुन १४ देखि २१ सम्म हरेक बर्ष नेकपा माओवादी केन्द्रले सहिद सप्ताह बिबिध कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा बोल्दै श्रीङ्गीश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति एवं अनेरास्ववियू ( क्रान्तिकारी) गुल्मी जिल्ला सचिब किसन पाण्डेले रगत र रक्ततत्वकाे कमि हुन नदिने उद्देश्य अनुरुप सामाजिक उत्तरदायित्वकाे रुपमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका छन् ।

अनेरास्ववियू ( क्रान्तिकारी) गुल्मी जिल्ला उपाध्यक्ष बालेन श्रेष्ठले आगामी दिनमा पनि संगठनले जस्तै सामाजिक कामहरु गर्नेमा आफू विश्वस्त रहेको बताउँदै यी र यस्ता काममा जिल्लाबाट सधै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । रक्तदान कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकाका रक्तदाता हरुले रक्तदान गरेका थिए भने लुम्बिनी मेडिकल कलेज तानसेन पल्पाका प्राविधिक हरुले कार्यक्रममा सहजिकरण गरेका थिए ।

 

अनेरास्ववियू (क्रान्तिकारी) श्रीङ्गीश्वर बहुमुखी क्याम्पस मुल इकाई कमिटीका अध्यक्ष अनिष गहतराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियू कि युवा नेत्री निलम ठडराईले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संचालन युवा नेता विशाल थापाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?