बेपत्ता र सहिदहरुको सपना हराउन दिन्न : प्रधानमन्त्री प्रचण्ड

भुवन भुसाल, काठमाडौ

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद र बेपत्ताका सपना हराउन नदिने बताएका छन । आज काठमाडौमा आयोजित उनले यस्तो बताएका हुन ।

कालमार्क्सले भनेको भनाई स्मरण गर्दै उनले भने “कहाँ मर्छन र सहिदहरु, कहाँ हराउछन र युद्धका बेपत्ता हरु उनिहरु त कंकालबाट उठेर बाचेकाहरुमा उर्जा थप्दछन, सडकमा आन्दोलनमा आउँदछन” ।

अहिले पनि केही प्रेतहरुले हाम्रो उपलब्धिलाई बिलिन बनाउन खोज्दै छन त्यो सपना म पूरा हुन दिदैन प्रधानमन्त्री प्रचण्डले भने । माओवादीहरु फेरि एकैठाँउमा आउनुपर्ने दिन आएको बताउदै त्यसका निम्ति बाबुराम र बिप्लब संग निरन्तर सम्बाद भैरहेको समेत उनले बताएका छन ।

माओवादी जनयुद्धका मुख्य घटक बाबुराम भट्टराई र नेत्र बिक्रम चन्द बिप्लबकै अगाडि संबोधन गर्दै उनले यस्तो भनेका हुन । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू माओवादी अध्यक्ष मात्र नभई प्रधानमन्त्री समेत भएकाले धेरै बोल्ने पक्षमा नरहेको बताएका छन ।

“म अहिले प्रधानमन्त्री समेत भएकाले धेरै बोल्ने पक्षमा छैन, म अहिले नबोल्ने र काम गर्ने मुडमा छु, गरिरहेको छु भनेर बुझिदिनुहोला” प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?