होलिको दिन जाँडरक्सी खाएर सवारी चलाउनेको बिगबिगी ,हेर्नुहोस यती परे कारबाहीमा?

हिजो होलीको दिन काठमाण्डौ उपत्यकामा जाँडरक्सी खाएर गाडी चलाउने ४ सय २६ जना सवारीचालक कारबाहीमा परेका छन् ।

होलीका अवसरमा जाँडरक्सी खाएर गाडी चलाउन जोखिम हुने भएकाले ट्राफिक प्रहरीले हिजो दिउँसो पनि जाँडरक्सी खाए नखाएको बारेमा जाँच गरेको थियो । यस्तै लागु पदार्थ प्रयोग गरेर गाडी चलाउने १५ जना चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, लेन तथा लाइट अनुशासन पालना नगरेको, अनावश्यक हर्न बजाएको लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने गरी कुल २ हजार ५ सय ५६ जनालाई कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?