रहेनन् लोकगायक राजेन्द्र लम्साल क्षेत्री, कलाकार सागरलाई पितृशोक

कलाकार सागर लम्साल क्षेत्री बले लाई पितृशोक परेको छ।उनका पिता वरिष्ठ लोकगायक राजेन्द्र लम्सालको स्पेनमा निधन भएको हो। राजेन्द्र १२ वर्षदेखि स्पेन बस्दै आएका थिए।

स्वास्थ्यमा समस्या देखिएका उनको स्थानीय समयअनुसार सोमबार साँझ निधन भएको हो। उनको शवलाई नेपाल ल्याउने तयारी गरिएको छ।

‘जापान टोकियो, डोरीको तीन फुदा, वालिङ फिरफिरे, शिरमा रिबन सलको पछ्यौरी, भीरको टुनी हो, मर्स्याङ्दीको पुल’ लगायत दर्जनौं हिट गीत उनले दिएका छन्।

जापान टोकियो उनको सर्वाधिक चर्चामा रहेको गीत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?