सुनको भाउ घट्यो, यस्तो छ आजको भाउ..

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि अस्ति तोलामा १ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

हिजो सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन । यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?