राष्ट्रपति पदको चुनावको मतदान अन्तिम चरणमा

संघीय संसद् भवनमा जारी राष्ट्रपति पदको मतदान अन्तिम चरणमा पुगेको छ । हालसम्म संघीय संसदबाट ३१३ जनाले मतदान गरिसकेका छन् भने प्रदेश सभातर्फबाट ५१८ जना सांसदले मतदान गरिसकेको सांसद महेशकुमार बर्तौलाले बताएका छन्।

 

प्रतिनिधिसभा तर्फ ३३४ कूल मत रहेकोमा १५ जना तटस्थ रहेका छन् भने २ जना सांसद बिरामी रहेका छन् भने एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका छन् । रवि लामिछानेको एउटा पद रिक्त रहेको छ भने एक जना सांसदको मृत्यु भएको छ ।

प्रदेशसभातर्फ ५५० जना सांसद मध्ये ५१८ जनाले मत हालिसकेको बर्तौलाले जानकारी दिए । आज ३ बजेसम्म मतदानको समय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?