त्रिबीबाट सम्बन्धन प्राप्त कलेजहरूले स्ववियु निर्वाचनका लागि पठाएनन् विवरण

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । त्रिविलाई यतिबेला स्ववियु निर्वाचन लागिरहेको छ ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभर १ हजार ४० वटा क्याम्पसहरू छन् । तर, सम्बन्धन प्राप्त कलेजहरूलाई भने स्ववियु निर्वाचन छुन सकेको छैन् । उनीहरूले त्रिविलाई स्ववियु निर्वाचन सम्बन्धीका कुनै पनि गतिविधिहरू पेश गर्न सकेका छैनन् ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिमा स्ववियु निर्वाचनका गवितिधि पठाउन बारम्बार ताकेता गर्दा पनि उनीहरूले विवरण पठाएका छैनन् । अहिलेसम्मको अवस्था हेर्दा १ हजार ४० मध्ये १५० जति सम्बन्धनप्राप्त क्याम्पसहरूले स्ववियु निर्वाचन गर्ने देखिएको छ । त्यसका लागि उपत्यकाका १८ वटा क्याम्पसहरूको प्रहरी रिपोर्ट केन्द्रीय अनुगमन तथा समन्वय समितिको सचिवालयमा पुगेको बताइएको छ ।

केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनका लागि सम्बन्धन प्राप्त कलेजहरूलाई बारम्बार ताकेता गर्दै आएको बताए । तर, ती कलेजहरूले आवश्यक विवरण केन्द्रमा पेश नगरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?