छत्रकोटमा प्रथम गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

अमर पन्थ,गुल्मी

गुल्मीको छत्रकोट गाउँपालिकाले आयोजना गरेको प्रथम गाउँपालिका अध्यक्ष कपकाे वडा नम्बर पाँचको खर्ज्याङ्ग खेलमैदान सुरु भएको छ ।अाज एक औपचारिक कार्यक्रमका बिच अध्यक्ष रामप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो।

 

 

गाउँपालिकाले वडा स्तरीय खुल्ला महिला ,पुरुष भलिबल प्रतियोगिता र दुई उमेर समूह बीच ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको गरेको छ ।

 

 

पुरुष भलिबल तर्फ प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार,३० हजार,२० हजार र दस हजार सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् महिला तर्फ ३० हजार,२० हजार ,१५ हजार र १० हजार प्राप्त गर्ने छन्।

 

 

त्यस्तै दुई उमेर समुहमा विभाजित गरेर ब्याडमिन्टन प्रतियोगिताको समेत आयोजना गरिएको छ । जहाँ ४० वर्ष मुनिको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः २० हजार ,१५ हजार र दस /दस हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै कर्मचारी र जनप्रतिनिधि बिच नगत २० हजारको मैत्रीपुर्ण भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?