छत्रकोटको श्रीङ्गा प्राथमिक स्वस्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

अमर पन्थ ,गुल्मी

छत्रकोट गाउँपालिकाको आयोजना , ग्रीनसिटी हस्पिटल काठमाडौंको सह–आयोजना तथा रोटरी क्लब अफ काठमाडौ डाउनटाउन र लायन्स क्लब अफ गुल्मीको बिशेष सहयोगमा शिविर संचालन हुने भएको हो ।

शिविर छत्रकोट गाउँपालिका वडा नम्बर ४ श्रीङ्गा प्राथमिक स्वस्थ्य केन्द्र श्रीङ्गामा यही फागुन २७ र २८ गते बिहान १० बजे देखी सुरु हुनेछ ।

विभिन्न विशेषज्ञ सहितको निस् शुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, सामान्य सल्यक्रिया , स्त्री तथा प्रस्तुति सेवा, हाडजोर्नी तथा नशा , नाक, कान तथा घाटी , छाला तथा यौन रोग , ई.सि.जि, दन्त चिकित्सा, आँखा रोग साथै निः शुल्क औषधि वितरण लगायतका सेवाहरु प्रदान गरिने प्रमुख प्रशासकीय वीरबहादुर पुन द्वारा जारी सूचनामा जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?