तराईका केही जिल्लामा तापक्रम बढ्यो, यसपालि गर्मी धेरै हुने अनुमान

प्रि – मनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको छ । तराईका केही जिल्लाको तापक्रम ३० डिग्री सेल्सियस नाघिसकेको छ ।

हिउँदयाममा वर्षा र हिमपात खासै नभएकाले गर्मी थप बढ्ने अनुमान गरिएको छ ।

यसपालि माघ महिनादेखि जाडो कम भइसकेको थियो । अहिले केही ठाउँको मौसम बदली भइरहे पनि अबको दुईरचार दिनसम्म खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । एकरदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । अरु ठाउँमा भने घाम लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?